आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
संखुवासभा । आफ्नै श्रीमती २९ वर्षीया बिष्णु माया राईको हत्या गरेको अभियोगमा प्रहरीले पाचखपन नगरपालिका–३ का दिपन राईलाई पक्राउ गरेको छ । बिष्णु माया राई पुष ५ गते राति मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको कर्तब्यबाट हत्या भएको खुल्न आएपछि दिपनलाई पक्राउ गरेको हो ।
राईले सामान्य बादबिबादको क्रममा रिसको आवेगलाई थाम्न नसकी श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
