हेटौंडामा जनचेतना मुलक सडक नाटकको आयोजना
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थित मानव बेचबिखन ओसारपसार तथा लैंङ्गिक हिंसाविरुद्ध जनचेतना मुलक सडक नाटक कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय मकवानपुर, सामुदायिक प्रहरी उप–सेवा केन्द्र बसपार्क र माईती नेपाल मकवानपुरको संयुक्त आयोजनामा भएको हो ।
प्रहरी निरीक्षक चुडा कुमारी खड्कासहितको टोलीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सानाहातहरु नेपाल र प्रहरी चौकी बसपार्कको समन्वयमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष किताब सिंह लामा, सामुदायिक प्रहरी उप-सेवा केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कडेल, माईती नेपाल मकवानपुरका संयोजक माया लामा स्थानिय जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, महिला संजाल संस्थाका प्रतिनिधिहरुलगाययको उपस्थिति रहेको थियो ।

