विवेकशील साझाद्वारा संयोजक पाण्डेलाई निष्कासन

तु खबर संवाददाता
२०७८ पुष ६, मंगलवार १४:४६

काठमाडौँ । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको जनाएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय भएको विवेकशील साझाले जनाएको छ ।

विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’ स्रोतका संयोजक पाण्डे र अध्यक्ष रविन्द्र मिश्रबीच लामो समयदेखि पार्टी संचालनको विषयमा विवाद थियो । केही दिन अघि पाण्डेले अध्यक्ष मिश्रलाई सम्बोधन गर्दै स्पष्टिकरणसहित केही प्रश्नहरु सोधेका थिए ।