थप २२० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ५२२५
काठमाडौं । नेपालमा थप २२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार १४१ जनाको पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २६३ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएके छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार १५५ संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५७४ जना पुगेको छ ।
यस्तै, देशभर ५ हजार २२५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् ।
