हेटौंडाको त्रिभुवन माविमा निःशुल्क स्वास्थ्य शिविर

तु खबर संवाददाता
२०७८ पुष ५, सोमबार ०८:५४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित त्रिभुवन मावि नवलपुरमा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । छहारी युवा सेवा समाजको आयोजनामा विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । बाल रोग विशेषज्ञ डाक्टर हरिबहादुर खड्कासहित डाक्टरहरू सगुन थापा, नेहा गुप्ता र अन्य स्वास्थ्यकर्मीको संलग्नतामा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थ्य परीक्षणमा २६५ जना विद्यार्थीहरू सहभागी भएका थिए । डाक्टर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय प्रधानाध्यापक नारायण प्रसाद भण्डारी, विद्यालयका शिक्षकहरु उपस्थितिमा भएको कार्यक्रममा शिविरमा संलग्न स्वास्थ्यकर्मी तथा सहयोगीहरूलाई प्रमाणपत्रका साथ सम्मान गरिएको थियो । क्लबका अध्यक्ष गोकुल बिडारीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रम सुदीप श्रेष्ठले सञ्चालन गरेका थिए ।