मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलका फरमुल्लाह निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भएको निर्वाचनबाट सहमहामन्त्री (मुस्लिमतर्फ) बाराका फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै देउवा प्यानलका फरमुल्लाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार फरमुल्लाहले २७७६ मत ल्याए भने शेखले १८७१ मत पाए । त्यस्तै सह महामन्त्री महिलातर्फ मकवानपुरकी महालक्ष्मी उपाध्याय डिना निर्वाचित भइन् । उनले अर्की उम्मेदवार कमला पन्तलाई ४ सय २८ मतले पछि पारिन् । त्यस्तै जनजातीतर्फ भीष्मराज आङदेम्बे, दलिततर्फ जीवन परियार र विजयी भएका छन् । खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका हुन् ।
