सहमहामन्त्री (खसआर्यतर्फ) देउवा प्यानलका राठौर निर्वाचित

तु खबर संवाददाता
२०७८ पुष २, शुक्रबार १६:१६

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सहमहामन्त्रीको लागि भएको निर्वाचनमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् । किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

त्यस्तै सहमहामन्त्री महिलातर्फ मकवानपुरकी महालक्ष्मी उपाध्यक्ष डिना निर्वाचित भइसकेकी छिन् । उनले अर्की उम्मेदवार कमला पन्तलाई ४ सय २८ मतले पछि पारिन् । त्यस्तै जनजातीतर्फ भीष्मराज आङदेम्बे, दलिततर्फ जीवन परियार विजयी भएका छन् । मुस्लिमतर्फ बाराका फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।