‘देउवामा पार्टीलाई एक बनाएर अघि बढाउने खुबी छ’

तु खबर संवाददाता
२०७८ मंसिर २९, बुधबार १४:४६
file-photo

काठमाडौं । नेपाली कांग्रेसमा नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबी रहेको बताएका छन् । बुधबार नवनिर्वाचिथ पार्टी सभापति देउवालाई बधाई दिन प्रधानमन्त्री निवास पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने खुबीका कारण सभापतिमा जितेको बताएका हुन् ।

देउवाले सबै नेताहरुलाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उनले बताए । सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीको रुपमा निर्माण गर्ने उनको भनाइ छ । पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ । नेता, कार्यकर्ताहरूले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् ।