लागूऔषधसहित २ युवा पक्राउ

तु खबर संवाददाता
२०७८ मंसिर २९, बुधबार १०:०७

बुटवल । रुपन्देहीमा प्रहरीले लागूऔषधसहित दुई जना युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले देवदह नगरपालिका वडा नम्वर २ का २५ वर्षीय दूधनाथ यादव र नवलपरासी पाल्हिनन्दन गाउँपालिका–२ का २६ वर्षीय धनेश यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय नम्बर प्लेट यूपी ५३ जेट ३५९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट फेनेरागन ५५ सीसी, नोफिन ५५ सीसी र डाइजेपाम ५५ सीसी पक्राउ गरिएको जनाएको छ । प्रहरीले थप अनुसन्धानको लागि कानुनी प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।