कांग्रेस महाधिवेशन: अझै सुरु भएन मतदान
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज नयाँ नेतृत्वका लागि मतदान तय भएको छ । बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसेर मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने ढिलाइ भइरहेको छ। प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् ।
उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन् । मतपत्र छाप्न ढिला हुँदा सममै मतदान सुरू हुन नसकेको निर्वाचन समितिले जनाएको छ । मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । लाइनमा उभिएका मतदातासँग उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । मतदानस्थल भृकुटीमण्डपको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गम्भीर घाइते मध्ये दुई जनालाई उपचारका लागी नेपालगन्ज ल्याइएको छ । बैतडीको पाटन स्थित स्थानीय मेडिकलमा ७ जनाको उपचार हुँदैछ । सो जिपमा १३ जना सवार थिए ।
