नेप्से ८८ अंकले घट्यो, ३ अर्बमाथि कारोबार

तु खबर संवाददाता
२०७८ मंसिर २६, आईतवार १६:१४

काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक ८८ अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक ८८ दशमलव ७० अंकले घटेको हो । ३ हजार २ सय माथि पुगेको नेप्से परिसूचक केही महिनादेखि लगातार घटेर आइतबार २ हजार ३ सय ६१ दशमलव २७ अंकमा झरेको छ ।

आज २२८ सूचीकृत कम्पनीको ७२ लाख २३ हजार २ सय ४० कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज मञ्जु फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आइतबार ब्यापार र विकास बैंकका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । व्यापार समूहको उपसूचक ७ प्रतिशतले घटेको छ भने विकास बैंकको पनि ६ प्रतिशत भन्दा धेरैले घटेको छ । त्यस्तै, युनिलिभर, स्वाभलम्ब लघुवित्त, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।