प्रकाशमान सिंहले गरे सभापति पदमा उम्मेदवारी घोषणा

तु खबर संवाददाता
२०७८ मंसिर २५, शनिबार १५:२६
file-photo

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार सभापतिमा उम्मेदवारी घोषणा गरेपछि उनी आफ्ना समर्थकसहित उम्मेदवारी दर्ता गराउन भृकुटीमण्डपतर्फ गएका छन् । संस्थापनइतर पक्षको साझा उम्मेदवार आफूलाई बनाउनुपर्ने अडान राखेका उनले साझा उम्मेदवारमा सहमति नजुटेपछि आफ्ना समर्थनको सहयोगमा उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा उनले पार्टीलाई लोकतान्त्रिक र गतिशील पार्टीमा रुपान्तरण गर्नका लागि उम्मेदवारी दिएको बताए । विधिसम्मत र नियमसम्मत निर्णयहरु नगर्ने, विभाग गठन समयमा नगर्ने र जित्ने व्यक्तिलाई उम्मेदवार नबनाउने प्रवृत्तिविरुद्ध आफ्नो उम्मेदवारी रहेको पनि नेता सिंहले बताए । उनले कसैको प्रलोभनमा र सत्ताको प्रभावमा परेर मतदान नगर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे ।