देउवा भेट्न बालुवाटार पुगे शंशाक
काठमाडौँ । काँग्रेस महामन्त्री डा.शशांक कोइराला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । महाराजगन्जस्थित निवासबाट डा. कोइराला बालुवाटारतर्फ लागेका हुन् । आफ्नो निवासमा पौडेल पक्षका नेताहरुको बैठक चलिरहेकै बेला कोइराला भने देउवालाई भेट्न भन्दै बालुवाटार निस्केका हुन् ।
कोइराला देउवा भेट्न हिँडे पनि उनको निवासमा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरु बैठकमा बसिरहेका छन् । आजै कोइरालालाई काँग्रेस नेता एनपी साउदले भेटेका थिए । डा. कोइरालालाई देउवाले आफ्नो क्याम्पमा आउन आग्रह गरेका छन् ।
