कांग्रेस महाधिवेशन : मकवानपुरबाट ५२ प्रतिनिधि

तु खबर संवाददाता
२०७८ मंसिर २५, शनिबार ०८:५७

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मकवानपुरबाट ५२ जना प्रतिनिधिले भाग लिएका छन् । कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिले प्रारम्भिक सूचीअनुसार मकवानपुरबाट ५२ जना प्रतिनिधि चयन भएका हुन् । जिल्लाका दुई प्रतिनिधि क्षेत्रबाट २५÷२५ जना गरी ५० जना महाधिवेशन प्रतिनिधि, २ जना क्षेत्रीय सभापति चयन भएका हुन् ।

काठमाडौमा शुक्रबार सुरु भएको महाधिवेशनमा बागमती प्रदेशबाट ८ सय ७८ प्रतिनिधिले भाग लिएका छन् । तीमध्ये मकवानपुरका ५२ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । यसैगरी गरी प्रदेशको दोलखाबाट २७ जना प्रतिनिधि चयन भएका छन् भने रामेछापबाट २७ जना, सिन्धुलीबाट ५२ जना, रसुवाबाट २७ जना प्रतिनिधि चयन भएका छन् ।

रसुवाबाट जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यसमेत कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनी खुलातर्फबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । यस्तै, धादिङबाट ५४, नुवाकोटबाट ५३ प्रतिनिधि चयन हुँदा काठमाडौंबाट २ सय ६६ प्रतिनिधि चयन भएका छन् । भक्तपुरबाट ५४, ललितपुरबाट ८२ जना, काभ्रेबाट ५३,सिन्धुपाल्चोकबाट ५२ जना र चितवनबाट ७९  प्रतिनिधि चयन भएका छन् ।