आज नेप्सेमा उच्च गिरावट

तु खबर संवाददाता
२०७८ मंसिर २२, बुधबार १५:४२

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंक अर्थात् २ दशमलव १२ प्रतिशतले घटेर २ हजार ४५५ दशमदव ८१ विन्दुमा झरेको छ । नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच हुदाँ करिब साढे २ अर्ब माथिको कारोबार भएको छ ।

आज नेप्समो रहेका १३ उपसूचक नै राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा समूह २९४ रुपैयाँ र निर्जीबन बीमा समूहमा २३५ रुपैयाँले घटेको छ ।त्यस्तै, आज प्रायजसो म्युचुल फण्डहरुको शेयर बढ्न बढ्न पगेको छ । सर्वाधिक स्टयाण्डर्ड चार्टर्ड बैंकको १ दशमलव ९४ प्रतिशत अंकले बढेको छ । साथै आज सर्वाधिक कारोबार हुने कम्पनीमा भने नेशनल हाइड्रोपावर रहेको छ । कम्पनीको आज एकैदिन ११ करोड माथिको कारोबार भएको हो ।