१८ सय १० मत गणना : बानियाँ १४२ मतले अगाडि

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार २१:४०
file-photo

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले १४२ मतले जगदिश्वर नरसिंह केसीलाई पछाडी पारेका छन् । हालसम्म गणना भएको १८ सय १० मतमा बानियाँले ९७० मत प्राप्त गरेका छन् । केसीले ८२८ मत पाएका छन् ।

आज भएको मतदानको मतगणना अहिले हेटौंडाको वन विज्ञान अध्ययन संस्थानमा जारी छ । केही समयपछि नै सभापतिमा विजयीको नाम निर्वाचन समितिले घोषणा गर्नेछ । हिजो शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आज आइतवार पुनः मतदान भएको थियो । मतदान अघि सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गर्ने घोषणा गरेका थिए ।