१ हजार ७ मत गणना : बानियाँको ५२६, केसीको ४७० मात्रै

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार २०:५१
file-photo

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले ५२६ मतसहित आफ्नो अग्रता कायम राखेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ४७० मत प्राप्त गरेका छन् । १ हजार ७ मत गणना हुँदा ५६ मतले बानियाँ अघि छन् ।

हिजो शनिबार भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज आइतबार पुनः मतदान भएको थियो । आजको मतदान सुरु हुनुभन्दा अघि सभापतिका अर्का उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गर्ने घोषणा गरेका थिए । आज हेटौंडामा पत्रकार सम्मेलन गरी प्रधानले आफ्नो समर्थन बानियाँलाई भएको बताए । हिजो भएको त्रिपक्षीय भिडन्तमा पनि बानियाँले अग्रता कायम राखी ४८ प्रतिशत मत प्राप्त गरेका थिए । तर, ५१ प्रतिशत नभई निर्वाचित हुन नसकिने विधानका कारण आज पुनः मतदान भएको हो ।

आज भएको मतदानको मतगणना अहिले हेटौंडाको वन विज्ञान अध्ययन संस्थानमा जारी छ । सभापति बाहेक अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना भने सभापतिको मत गणना सकिएपछि भोलि हुने कार्यक्रम छ ।