५०० मत गणना हुँदा बानियाँको २४२ र केसीको २५६

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार २०:११
file-photo

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको निम्ति अहिले मत गणना भइरहेको छ । अहिलेसम्म जम्मा ५ सय मत गणना भएको छ । सो मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले २ सय ४२ र जगदिश्वर नरसिंह केसीले २ सय ५८ मत प्राप्त गरेका छन् । आज भएको मतदानमा २ हजार २५ मत खसेको थियो ।

आज भएको मतदानमा हिजो भन्दा ५८ मत कम खसेको छ । हिजो भएको मतदानमा २ हजार ८३ मत खसेको थियो । हिजोको मत गणनामा सुरुवातदेखि नै बानियाँले लिड गरेका थिए । जारी अधिवेशनमा २ हजार १ सय ५१ प्रतिनिधि रहेका छन् । हिजो नेपाली कांग्रेसको विधान अनुरुप ५१ प्रतिशत मत कुनै पनि उम्मेदवारको नआएका कारण कसैलाई पनि विजयी घोषित गरिएन । र, आज पुनः मतदान भएको हो ।