कोरोना अपडेट : थपिए २०५ संक्रमित, भए ४३६ संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७४७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २०० र एन्टिजेन विधिबाट ५ जनामा कोरोा पुष्टि भएको हो ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ५४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ८ लाख ४ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४३६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ६ हजार ५०७ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ९० लाख ५० हजार ८३४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ९७ हजार ९८९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख ५२ हजार ८४५ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।
