राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार ०८:०६
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा राजेन्द्र लिङ्लेन विजयी भएका छन् । आइबार बिहान सम्पन्न मतपरिणामबाट कमm थापालाई पराजित गर्दै अध्यक्षमा लिङ्देन विजयी भएका हुन् । लिङ्देलले १ हजार ८४४ मतका साथ अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रत्यासी कमल थापाले भने १ हजार ६१७ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार, मतगणनामा ४३१ मत बदर भएको थियो ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो । राप्रपाको महाधिवेशन गत बिहिबारबाट काठमाडौंमा भएको थियो । यस्तै, राप्रपा उपाध्यक्षको को ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । यसैगरी, महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै, खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो ।