हेटौंडाबाट दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ मंसिर १८, शनिबार ०८:४१

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित पुर्वपश्चिम लोकमार्ग सडकखण्डबाट सिओरेक्स नाम लागूऔषध १७८ बोतलसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा बाराको बारागढी गाउँपालिका वडा नम्वर ४ बस्ने ३३ वर्षीय बसन्त राज चौधरी र २३ वर्षीय मुना चौधरी रहेको प्रहरी नायव उपरीक्षक रिमाले बताए । उनका अनुसार, शुक्रबार साँझ साढे ६ बजेको समयमा बाराबाट हेटौंडातर्फ आउँदै गरेको बा ५२ प ३९६४ नम्वरको मोटरसाइकलाई रोकी चेकजाँच गर्दा मो.चालक बसन्त र सवार मुनाले लुकाईछिपाई ल्याएको उक्त परिणामको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक रिमालले जानकारी दिए ।