पछिल्लो २४ घण्टामा थपिए २४६ संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ७ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५६९ जना पुगेको छ ।
देशभर हालसम्म कूल कोरोना संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५३५ जना रहेको छ भने सक्रिय संक्रमित देशभर झण्डै ७ हजार जना रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सो अवधिमा मृतकको संख्या भने शून्य रहेको छ मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित देशभर झण्डै ७ हजार जना रहेका छन् ।
