राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

तु खबर संवाददाता
२०७८ मंसिर १७, शुक्रबार ०८:०४
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले यही मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । बैठक मंसिर २८ गते दिनको २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको छ । राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार मात्रै रेल्वेसम्बन्धीसहित ६ अध्यादेश जारी गरेकी थिइन् । संसदलाई छल्दै अध्यादेश ल्याउने गरेको भन्दै सरकारको आलोचना समेत हुने गरेको छ ।