बानियाँ र प्रधानलाई सजिलै जित्छु : जगदिश्वर नरसिंह केसी

तु खबर संवाददाता
२०७८ मंसिर १६, बिहीबार २०:५४

हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेशमा रामचन्द्र पौडेल पक्षको तर्फबाट सभापति पदका उम्मेदवार  जगदिश्वर नरसिंह केसीले आफू विजयी हुने बताएका छन् । आज साँझ हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता केसीले अर्का उम्मेदवार इन्द्रबहादुर बानियाँ र सिटौला पक्षको तर्फबाट सभापति पदका उम्मेदवार भीमसेनदास प्रधानलाई सहज रुपमा जित्ने दावी गरेका हुन् ।

उनले पत्रकार सम्मेलनमा भने, पार्टीभित्र एकाधिकार राख्छु भन्ने मनसाय राखे त्यो दुर्भाग्य हुन्छ । यो निर्वाचनमा पार्टीभित्र मित्रवत् प्रतिस्पर्धा गरिने पनि उनले बताए । १३ जिल्लाका प्रतिनिधिले आफ्नो विवेकको प्रयोग गर्न पाउनु पर्ने केसीले बताए । पत्रकार सम्मेलनमा उपसभापति उम्मेदवार राजेन्द्र बुर्लाकोटी, उपसभापति उम्मेदवार मोहनबहादुर बस्नेत, नेपाली काँग्रेसका मकवानपुर जिल्ला सल्लाहकार माइकल रामचन्द्र अर्याललगायतका नेताहरुको उपस्थिति रहेको थियो । नेपाली काँग्रेस बागमती प्रदेशको अधिवेशनका सन्दर्भमा आज केसीले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।