आइतबारबाट नियमित इजलास बस्ने
२०७८ मंसिर २, बिहीबार १६:१६
काठमाडौं । प्रधानन्यायाधीश प्रकरणमा विभाजित न्यायाधीशहरु आगामी आइतबारदेखि नियमित इजलासमा बस्ने भएका छन् । बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका पारित गरेपछि असन्तुष्ट न्यायाधीशहरु इजलास बस्ने भएका हुन् ।
एक न्यायाधीशले नियमावली संशोधन गर्नुपर्ने र गोलाप्रथाबाट इजलास तोक्नेसम्बन्धी माग पूरा भएसँगै आफूहरु आइतबारदेखि नियमित इजलासमा फर्किने तयारीमा रहेको जानकारी गराए । सर्वोच्च अदालत प्रशासनका अनुसार, बिहीबारको फुलकोर्टले नियमावली संशोधन गर्दै आजै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा पठाउने निर्णय भएको छ ।
