थप २९९ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ६ संक्रमितको मृत्यु भएको छ भने २६० जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ७६४२ जना सक्रिय संक्रमित रहेका छन् ।
