प्रहरीले खोल्यो मकवानपुरगढी गाउँपालिकामा कांग्रेसले लगाएको ताला
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको कार्यालयमा कांग्रेसले लगाएको ताला पालिकाका कर्मचारीको रोहबरमा प्रहरीले खोलेको छ । कार्यालयमा ताला लगाएपछि स्थानीय जनताको नियमित काम कारबाहीमा असर पुगेको भन्दै प्रशासनले कर्मचारीको रोहबरमा ताला खोलेर नियमित काम कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाउँपालिकाले गरेको ज्याजती र ढुंगा गिट्टी बालुवालगायतका नदिजन्य पदार्थमा भ्रष्टाचार गर्न खोजेको भन्दै कांग्रेसले तालाबन्दी गरेको थियो । पालिका अध्यक्षले वडा अध्यक्षहरुसंगै छलफल नगर्ने, भएका सहमतिहरु कार्यान्वयन नगर्ने, सुझावको व्यवास्था गर्ने गरेको कांग्रेसको आरोप छ । गाउँपालिकामा भएको अनियमितता र भष्ट्रचार नियन्त्रणको लागि आफुहरुले तालाबन्दी गरेको कांग्रेस मकवानपुरगढी गाउँपालिकाका सभापति राजवीर मोक्तानले जानकारी दिए । यस विषयमा प्रतिक्रिया लिन गाउँपालिका अध्यक्ष विदुर हुँमागाईलाई फोन सम्पर्क गर्दा उनले यसबारे आज साँझ मात्रै प्रतिक्रिया दिने बताए ।



