थप ३९७ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार १६:३१
filr-photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ३८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर संक्रमणमुक्त हुनेको कूल संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ। सोही अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ। हाल कुल संक्रमितमध्ये ७ हजार ४९८ सक्रिय संक्रमित छन्। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १९० जना आइसीयू र ५७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।