थप ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, योसँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ ।
कुल संक्रमितमध्ये ७ हजार ५३५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २७९ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ९७ हजार ५९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १८८ जना आइसीयू र ५४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
