थप ३९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना पोजिटिभ देखिएको हो ।
जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३७१ र एन्टिजेन विधिबाट १८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा कूल २ हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो। उक्त अवधिमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ४२५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।