थप ५३३ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ कार्तिक १५, सोमबार १६:४१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ४६८ पीसीआर र ४ हजार १९६ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, योसँगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ११ जना पुगेको छ ।

कुल संक्रमितमध्ये ९ हजार ३१८ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४९० जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर संक्रमणमुक्र हुनेको कूल संख्या ७ लाख ९२ हजार २७७ पुगेको छ । यस्तै, देशभर पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ । हाल ११८ जना क्वारेन्टाइनमा छन्। २४१ जना आइसीयू र ७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।