थप ४०८ जना कोरोना पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ७ हजार ८९९ पीसीआर र २ हजार १६८ जनाको एन्टीजेन परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १२ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ५३५ जना रहेका छन् । तीमध्ये हालसम्म ७ लाख ९१ हजार ७८७ जना संक्रमणमुक्त भएका छन् । यस्तै, आज देशभर ५१८ जना संक्रमणमुक्त भएका छन् भने ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार, देशभर ९ हजार ३७६ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ३८ हजार ८१५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
