प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए । उनका अनुसार, प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने एक मात्र कार्यसूची रहेको छ ।
यसअघि कात्तिक ९ गते बस्ने तय भएको संसद बैठक नेकपा एमालेको पालिका अधिवेशनका कारण ११ गतेलाई सारिएको थियो ।प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै आएको छ । सभामुख अग्नि सापकोटाले एमाले फुटाउन सहयोगी भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ । अझै पनि संसद् सुचारु गर्नेबारे दलहरूबीच सहमति हुन सकेको छैन ।
