प्रधानन्यायाधीश जबरा गोलाबाट पेशी तोक्न सहमत
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको दैनिक पेशी गोलाप्रथाका आधारमा तोक्न सहमत भएका छन् । आइतबार सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच भएको छलफलमा उक्त सहमति भएको हो । प्रधानन्याधीश जबराले मंगलबार अदालतको फूटको बैठक बोलाउने सहमति जनाएका छन् ।
छलफलमा जबराले न्यायालयको सुधारका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् । बारले २०७७ श्रावण २५ मै न्यायालय सुधारका लागि अनुरोध गरेको थियो । प्रधानन्यायाधीश जबराले न्यायालय सुधारसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसैगरी, दैनिक पेसीमा चलखेल हुने गरेको भन्दै यसलाई स्वचालित बनाउने र गोला प्रथामा लैजाने सन्दर्भमा पटक–पटक बारले अदालतको ध्यानाकर्षण गराउँदै यसबारे २०७८ असोज १८ गते विज्ञप्ति जारी गरेरे सजक गराएको थियो ।
यसैगरी प्रधानन्यायाधीश जबराले मन्त्रीमा भागवण्डा खोजेको विषयमा पनि बारले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको थियो । २०७६ वैशाख ६ गतेदिख पटक–पटक गराइएको ध्यानाकर्षण कार्यान्वयन नभएकाले त्यही सम्बन्धमा कुरा गर्न आइतबार प्रधानन्यायाधीशसँग भेटवार्ता गरेको बारका एक सहभागी प्रतिनिधिले बताए ।
