थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ६८८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ४६६ जनाको पीसीआर परीक्षण गर्दा ७१४ र १ हजार २२२ जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिको परीक्षणमा ८ लाख ९९७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ८३९ जना पुगेको छ। संक्रमितमध्ये ७ लाख ७४ हजार १७३ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार २१० जनाको मृत्यु भएको छ ।
आज देशभर १ हजार ३३ जना संक्रमणमुक्त भएका छन् भने १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर १५ हजार ६१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १४ हजार ४६१ होम आइसोलेसनमा रहेका छन्।संस्थागत आइसोलेसनमा एक हजार १५३ संक्रमित छन् भने ३१३ जना आइसियुमा र ११३ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ४३ हजार ९४१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
