नेकपा माओवादी हेटौंडा–२ को अध्यक्षमा रिजाल
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को अध्यक्षमा ईन्द्रप्रसाद रिजाल चयन भएका छन् । बिहिबार भएको वडा सम्मेलनले रिजालको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी गठन गरेको हो । यसैगरी, कमिटीको उपाध्यक्षमा विष्णुहरी वाईबा, सचिवमा ओम पुडासैनी, सह–सचिवमा झलक छतकुली, कोषाध्यक्षमा भवानी घिमिरे चयन भएका छन् ।
भेला नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य ललित घलानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा मकवानपुर जिल्ला सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), नगर इन्चार्ज विवेक राई, नगर अध्यक्ष तीर्थबहादुर थापामगर लगायत नेताहरुको उपस्थित रहेको थियो ।
यसैबीच, बिहिबार नै योङ कम्युनिस्ट लिग (वाईसीएल) को पनि वडा कमिटी चयन भएको छ । सदिम श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय वाइसियल वडा कमिटी गठन भएको नेकपा मकवानपुरका प्रचार बिभाग प्रमुख पाख्रीनले बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी निकट अखिल फोर्सका मकवानपुर क्याम्पस इन्चार्ज विमल बस्नेत, विकास गोलेलगायतका विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
