थप १०६६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ३ सय ६८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ ।
मन्त्रालयका अनुसार, १० हजार १ सय १३ जनाको पीसीसार परीक्षण गर्दा ८ सय ९८ र तीन हजार २ सय ५५ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ९ सय ५९ पुगेको छ । तीमध्ये हालस ११ हजार १ सय ४८ जनाको मृत्यु भएको छ भने ७ लाख ६६ हजार ६ सय ९६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९३८ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १६ हजार ८८१ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार २३४ संक्रमित छन् भने ३५४ जना आइसियुमा र ११६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई लाख १७ हजार ३९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
मकवानपुरमा भए ३७ जना कोरोनामुक्त
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आज संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३ जना, थाहानगरपालिकाका ४, कैलाश र मनहरी गाउँपालिकाका एक/एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार २ सय ५१ जना पुगेको छ ।
तीमध्ये हालसम्म १४ हजार ८ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ३० जना संक्तमणमुक्त भएका हुन् । यसैगरी, मकवानपुरगढी, बागमती र राक्सिराङ गाउँपालिकाका एक/एक जना, मनहरी र कैलाश गाउँपालिकाका २/२ जना रहेका छन् ।
यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६४ जना पुगेको छ । मृत्यु हुनेमा हेटौंडाका १ सय १६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको निधन भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
