मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीया चेतकुमारी जैशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार, बुधबार पैदल हिँडिरहेकी उनलाई ग १६ प १६७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दिएको थियो । मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । घाइते उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
चट्याङ लागेर एक पुरुषको मृत्यु
बर्दिया । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजापुर नगरपालिका वडा नम्वर १० मा चट्याङ लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनमा स्थानीय ४१ वर्षीय गुमानसिंह चौधरी रहेका छन् ।
मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरले जनाएको छ । उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
