राष्ट्रपतिद्वारा जितिया पर्वको शुभकामना

तु खबर संवाददाता
२०७८ आश्विन १३, बुधबार ०९:२२
file photo

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जितिया पर्वको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी छन् । राष्ट्रपटि भण्डारीले बुधबार शुभकामना सन्देश जारी गर्दै भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने जितिया पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने बताएकी हुन् ।

यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्वास र सहयोगको भावनालाई प्रगाढ बनाउने उनले बताइन् । साथै यस पर्वबाट समाजमा विद्यमान अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा मिलोस् भनी राष्ट्रपति भण्डारीले कामना गरेकी छन् । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेशी तथा थारु महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवम् नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जितिया पर्व शुभकाना दिएका छन् । उनले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गर्ने बताउँदै जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको बताए । जितिया पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले एकतावद्ध भएर पर्व मनाउन सबैलाई आग्रह गरेका छन् । उनले यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा सरकार प्रतिबद्ध रहेकोसमेत बताएका छन् ।