आज नेप्से परिसूचक ७३ अंकले घट्यो
मकवानपुर । आज (सोमबार) साताको दोस्रो दिन सेयर बजारमा नेप्से परिसूचक ७३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से परिसूचक ७३ दशमलव ०५ अंकले घटेर २६ हजार ८५ दशमलव ४१ बिन्दुले घटेको हो ।
यसअघि आइतबार मात्र नेप्से परिसूचक ६१ अंक माथिले घट्दै २७ सय ५८ दशमलव ४८ विन्दुमा झरेको थियो । नेप्सेका अनुसार यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२ दशमलव ९४ अंकले घटेर ५ सय ६ दशमलव ३३ विन्दुमा झरेको छ । आज कुल २२७ कम्पनीका एक करोड ४ लाख ७८ हजार कित्ता बजारमा ६७ हजार ५८७ पटक किनबेच हुँदा कारोबार रकम ५ अर्ब १२ करोडमा सीमित भएको छ ।



