हेटौंडा–१६ ह्याचरीमा फोहोर जलाउने क्रममा आगोले पोल्दा पौडेल गम्भीर घाइते

तु खबर संवाददाता
२०७८ आश्विन ७, बिहीबार ०९:५८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ हटियास्थित ह्याचरी उद्योगमा फोहोर जलाउने क्रममा अचानक आगो उछिट्टिएर शरिको विभिन्न भागमा पोल्दा एक जना घाइते भएका छन् । हेटौंडा–१६ स्थित पोषक वृजर ह्याचरिमा फोहोर जलाउने क्रममा अचानक आगो उछिट्टिएर पोल्दा एक जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, घाइते हुने दाङ् तुल्सिपुर घर भई सोही उद्योगमा काम गर्ने २८ वर्षीय ओम प्रकाश पौडेल रहेका छन् । घाइते पौडेललाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा उपचार संभव नभएपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।