अशोकबाटिका सहकारीको १६ औं साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०७८ आश्विन ३, आईतवार १७:०६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ चिसापानीस्थित अशोकबाटिका बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारसभा सम्पन्न भएको छ ।

कार्यक्रम आइतबार संस्थाका अध्यक्ष योगनाथ दंगालको सभाध्यक्षता तथा हेटौंडा–१७ का वडाध्यक्ष भैरबबहादुर राईको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष दंगालले संस्थागत प्रतिवेदन, उपाध्यक्ष सागरनाथ बास्तोलाले ऋण समितिको प्रतिवेदन, सचिव लेखनाथ ढकालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक उद्धव प्रसाद गजुरेलले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

यस्तै, कार्यक्रममा उत्कृष्ट बचतकर्तामा सन्देश तिमल्सिना र गौरी कुमारी पुडासैनी, उत्कृष्ठ कारोवारीमा गायत्रीमाया गौतम र क्षेत्र बहादुर राई, ज्येष्ठ सदस्यमा पवित्रा देवी घिमिरे र नमिना पौडेल पुरस्कृत भएका थिए । यसैगरी बाल बचतमा शैलिष्टा मिश्र, बढी कारोवार गर्नेमा शिवकुमार उपाध्याय भट्टराई र विद्यार्थीमा नानिया पोखरेल, दिपक विश्वकर्मा, स्वभिमान खतिवडा, सिष्टी चौलागाँई, सुजल कार्की र पहिचान जमकटेल र शेयर सदस्य वृद्धि गर्न सहयोग गर्ने सुजन सापकोटालाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा साधारणसभामा सहकारीका अध्यक्ष संस्थाका सल्लाहकार विदुर सापकोटा, सहकर्मी सहकारीका सचिव विष्णुमान श्रेष्ठ, अशोकबाटिका टोल विकास संस्थाका अध्यक्ष गोकर्ण राई, हिमचुली कृषि सहकारीका सचिव ठाकुर प्रसाद नेपाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।