हेटौंडाबाट ७ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट जुवा खेलरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइना क्वाटरबाट जुवा खेलिरहेको अवस्थामा घरधनिसहित सात जनालाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का ३७ वर्षीय राकेश केसी (घर धनि), हेटौंडा–१० का ४२ वर्षीय रमेश श्रेष्ठ, ३८ वर्षीय प्रदिप जंग पण्डित, ४० वर्षीय पदमबहादुर भण्डारी, जिल्ला धादिङ धुनिवेशि नगरपालिका–९ घर भई हाल हेटौंडा बस्दै आएका ३६ वर्षीय बाबु कृष्ण उप्रेति, हेटौंडा–१ का ५५ वर्षीय एकबहादुर थापा र हेटौंडा–४ का ३१ वर्षीय दिपेन्द्र कुमार मिश्र रहेको जिलला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कायालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, पक्राउ परेकाहरुको साथबाट ४ बुक तास, नगद २६ हजार ९ सय ८५ रुपैयाँ (नेपाली रुपैयाँ) र १ हजार ५०० ( भारतीय रुपैयाँ) पैसा बरामद भएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
