महिला मिलन सहकारीको २१ औं वार्षिक साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०७८ आश्विन १, शुक्रबार ०९:२८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरीस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिहिबार संस्थाको अध्यक्ष विष्णुमाया लामाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कोरोना संक्रमितको संख्या घटेपनि जोखिा कायमै रहेका कारण शेयर सदस्यहरु जुमएप्समार्फत सहभागिता गराइएको थियो भने समिति र उपसमितिहरुको मात्र भौतिक उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

५ हजार २ सय ७८ जना शेयर सदस्य आबद्ध रहेका उक्त सहकारीले शेयर सदस्यलाई ४० लाखसम्म ऋण लगानी गर्दै आएको छ । सहकारीले गत आर्थिक वर्ष ५६ करोड ७ लाख ६ हजार कारोबार गर्दै १ करोड १७ लाख ३४ हजार नाफा गर्न सफल भएको सरकारीका अध्यक्ष विष्णुमाया लामाले बताइन् । उनका अनुसार, आगामी आर्थिक वर्षमा ६२ करोड कारोबार गर्ने र १ करोड ३९ लाख नाफा गर्ने लक्ष्य छ ।

सहकारीले आफ्नो वार्षिक साधारणसभामा कर्मचारी दिपेश अधिकारीलाई सम्मान गरेको छ । यस्तै, सहकारीले शेयर सदस्यहरु तिर्थ कुमारी नेपाल, शान्ति माया हिम्डुङ र हिरामाया वाइबा, संचारकर्मी निशा गुरुङलाई सम्मान गरेको पनि सहकारीले सम्मान गरेका थियो । कार्यक्रममा जिल्ला सहकारी संघका सह–सचिव बिजय कुमार बस्नेत, हेटौंडा–१२ का वडाअध्यक्ष ललित घलान, हेटौंडा–१३ को वडाअध्यक्ष मनोज वाइबा लगायतको उपस्थिति रहेको थियो ।