जलवायु न्यायका लागि हेटौंडामा साइकल यात्रा

तु खबर संवाददाता
२०७९ कार्तिक २०, आईतवार १६:५९

मकवानपुर । दिगो विकास इन्स्टिच्युटको आयोजनामा आईतबार हेटौंडामा जलवायु न्यायका लागि साईकल यात्रा २०७९ सम्पन्न भएको छ । आईतबार बिहान सम्पन्न साईकल यात्रा कार्यक्रम हेटौंडा उपमहानगरपालिकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा प्रमुख अतिथि लामाले जलवायु परिवर्तन आजको मुख्य समस्याको रुपमा रहेको र त्यसको न्यूनिकरणका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिइन् । उनले वातावरण संरक्षण र जलवायु परिवर्तन सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्नुपर्ने र त्यसमा उपमहानागरपालिका सहकार्य गर्न तयार रहेको बताइन् ।

कार्यक्रममा हिमालयन राईडर्स सोसाईटीसँग आबद्ध एक सय जना साइकल यात्रीहरुको सहभागिता रहेको थियो । ‘जलवायु न्यायका लागि साइकल यात्रा’ भन्ने नारासहित भएको र्याली हेटौंडाको हुप्राचौरबाट सुरु भई बजार परिक्रमा गरिएको इन्स्टिच्युटकी मकवानपुर प्रतिनिधि प्रसन्नता लामिछानेले बताइन् ।