ट्रक दुर्घटनामा परी थाहा नगरका वडा सदस्य प्रधानको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र ३१, बिहीबार १८:२१

मकवानपुर । जिल्लाको थाहा नगरपलिका वडा नम्वर १ का वडा सदस्य सुन्दर प्रधानको दुर्घटनामा परी मृत्यु भएको छ । गएराति त्रिभुवन राजपथको पालुङ नौबिसे सडकखण्डमा भएको ट्रक दुर्घटनामा परी वडा सदस्य प्रधानको मृत्यु भएको हो ।

पालुङबाट काठमाण्डौंतर्फ जाँदै गरेको तरकारी बोकेको ना ५ ख ८६४२ नम्वरको ट्रक गएारति थाक्रे ८ सोप्याङ खोलामा सडकबाट करिब ७० मिटर तल खसेको धादिङ प्रहरीले जनाएको छ । सोही ट्रकमा सवार प्रधानको गएराति नै मृत्यु भएको हो ।

ट्रकका चालक प्रमोद अर्याल भने सामान्य घाईते भएको प्रहरीले जनाएको छ । वडा सदस्य प्रदान नेकपा माओवादीबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।