ग्रामीण महिला सेवा केन्द्रको २० औं वार्षिक साधारणसभा हेटौंडामा सम्पन्न
मकवानपुर । ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको २० औं वार्षिक साधारणसभा हेटौंडामा सम्पन्न भएको छ । साधारणसभा केन्द्रका अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुरमहतको प्रमुख आतिथ्यतामा बिहिबार सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै मेयर महतले यस संस्थासँग विकट क्षेत्रमा सहकार्य गरेर काम गर्न तयार रहेको बताए । उनले हेटौंडाका पछि थपिएका वडाहरुमा पूर्वाधारको समस्या, जनचेतनाको अभाब रहेको बताउँदै विकट क्षेत्रका नागरिकको शिक्षामा जोड दिनेगरी सहकायै गरेर अगाडि बढ्न तयार रहेको बताए । शिक्षा र स्वास्थ्य समेत नपुगेको स्थानका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न लागिपरेको उनको भनाई छ ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, संस्थाका पूर्व अध्यक्ष सर्मिला श्रेष्ठ, लक्ष्मी मोक्तान, संस्थाका उपाध्यक्ष मेनुका दाहाल, जनचेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जानुका दुवाडीलगायतकाको उपस्थिति रहेको थियो ।
