तीन बर्षकी बालिका मृत भेटिइन्

तु खबर संवाददाता
२०७८ भाद्र २७, आईतवार ११:३८

गुल्मी । गुल्मीमा तीन बर्षकी बालिका मृत भेटिएकी छिन् । मदाने गाउँपालिका वडानम्बर–२ भेडिखोर निवासी तीन वर्षकी आयुशा पोखरेल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बालिका शनिबार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आइतबार बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि ५०० मिटर पर खोल्सामा मृत फेला पारिएको प्रहरीको भनाई छ ।

घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षकको टोली खटिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।