विश्वप्रकाशले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

तु खबर संवाददाता
२०७८ भाद्र २४, बिहीबार १३:११
file-photo

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसका नेता गगन थापाले पनि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

थापाले १३ औं महाधिवेशनमा पनि कृष्ण प्रसाद सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए ।