रेडियो सरोबरको तीज विशेष कार्यक्रम, स्थानीय तहका उपप्रमुख सम्मानित
मकवानपुर । रेडियो सरोबर ९२.५ मेगाहर्जले मकवानपुरका स्थानीय तहका उप–प्रमुखहरुलाई सम्मान गरेको छ ।
एफएमले बुधबार तीज विशेष कार्यक्रमको आयोजना गरी सरोबर चेली सम्मानमार्फत मकवानपुरका उपमहानगरपालिका र गाउँपालिका उपाध्यक्षहरुलाई सम्मान गरेको हो ।
मकवानपुरमा रहेर विभिन्न सामाजिक तथा राजनैतिक क्षेत्रमा योगदान पुर्याएका उपप्रमुखहरुलाई ‘सरोबर चेली सम्मान’ स्वरूप सम्मान गरिएको रेडियोका स्टेसन प्रमुख राजु लामिछानेले बताए ।
एफएमले चेली सम्मान संगै दुना टपरी गास्ने तथा बत्ति काट्ने प्रतियोगिता पनि गरेको छ । चाडपर्व र कला संस्कृतिको जगेर्ना गर्नका लागि एफएमले हरेक वर्ष खुला दुना टपरी तथा बत्ति काट्ने प्रतियोगिता तथा मकवानपुरे चेलीलाई तीजज छेकोमा सम्मान गर्ने गरेको लामिछानेले बताए ।
सरोबरले हेटौडा उपहानगरपालिकाकी उपमेयर मिना लामा, बकैया गाउपालिकाकी उपप्रमुख सरला वोलखे, भीमफेदी गाउपालिकाकी उपप्रमुख पार्वती राना, इन्द्र सरोबर गाउपालिकाकी उपप्रमुख उमाकुमारी लामा, राक्सिराङ गाउपालिकाकी उपप्रमुख निर्मला डिमडुङ, मनहरी गाउपालिकाकी उपप्रमुख मनिला विष्ट, गढी गाउपालिकाकी उपप्रमुख हर्क माया रुम्बा, बागमती गाउपालिकाकी उपप्रमुख धनमाया स्याङ्तान र कैलाश गाउपालिकाकी उपप्रमुख सुकुमाया थिङलार्इ सम्मान गरेको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमका बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तान, विभिन्न राजनैतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दुना टपरी गास्ने तथा बत्ति काट्ने प्रतियोगितामा १० जनाले सहभागी जनाएका थिए । प्रतियोगितामा तेस्रो सीता अधिकारी, दोस्रो सिता मैनाली र प्रथम वेगम बराल भएका छन् । प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुनेलाई विभिन्न चांदीका उपहार र प्रमाण–पत्र वितरण गरिएको थियो ।

